रुस इन्टरनेटबाट बाहिरिने

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ । गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन […]

साउदीमा समस्यामा परेका तीन नेपाली महिलाको उद्दार

काठमाण्डौ – साउदीमा समस्यामा परेका तीन जना महिलालाई नेपाली दूतावासले उद्दार गरी नेपाल पठाएको छ । कुवेतबाट भिजिट भिषामा साउदी पुर्याएर घरेलु काम गर्न बाध्य पारिएका दिलमाया चेपाङ, शान्ति राई लामा र मुना दुराललाई नेपाल फर्काइएको नेपाली दूतावासले जनाएको छ ।  नेपालबाट कुवेतमा काम लगाइदिने भन्दै लगेको भए पनि दिलमायालाई साउदीमा लगेर घरेलु काममा लगाइएको […]

प्रसाद खाँदा भारतमा एघारको मृत्यु, ९३ बिरामी

नयाँदिल्ली/  भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका […]

मध्य प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस नेता कमलनाथले सपथ लिने

भोपाल, मध्य प्रदेश। भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन्। डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्नु हुने समाचारमा जनाइएको छ। मध्य प्रदेशको काँग्रेस समिति एमसीसी का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर […]

अमेरिकामा मृत्युदण्ड घट्यो

वासिङ्टन/  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ । अमेरिकामा यस वर्ष सन् २०१८ मा २५ जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार मात्र फ्लोरिडा राज्यमा एक जनालाई मृत्युदण्ड दिइएको छ । […]

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

वासिङ्टन/ संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो । मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम […]

राष्ट्रपति भण्डारी सोमबार कतार जाने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको […]

२७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगले १ सय ८४ नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाएको आरोपमा वैदेशिक रोजगार विभाग र मातहत कार्यालयका ६ शाखा अधिकृतसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले बिचौलियासँग मिलेमतोमा बिनाभिसा एवं नक्कली श्रमस्वीकृतिलगायत कागजातका आधारमा ती महिलालाई पठाएको आयोगको दाबी छ । आयोगले व्यक्तिगत स्वार्थ र अनुचित लाभका […]

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा पासाङ शेर्पालाई १५ हजार रियाल नगद इनाम

  दोहा/ कतार कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफना एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएकाछन् । कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५ हजार नेपाली कामदार पासाङ शेर्पाले प्राप्त गरे । विगत १० वर्षदेखि सोही कम्पनीको कन्स्ट्रक्सन डिभिजनमा कारपेन्टर लिडरको काम गरिरहेका रामेछापका […]

तमु (गुरुङ) समाज कतारको महिला बिभागको भेटघाट कार्यक्रम सम्पन्न

दोहा/ कतार- ११ मे, शुक्रबारका दिन दोहाको अल नक्यान रेस्टुरेन्टको सभा हलमा तमु (गुरुङ) समाज कतारको शाखा समिती महिला विभागको आयोजनामा बैशाख पूर्णिमाको शुभ अवसरमा दाजुभाई भेटघाट तथा खानपिन कार्यक्रम सम्पन्न भयो। तमुहरुको मूख्य पर्वहरु मध्ये बैशाख पूर्णिमाको शुभ अवसरमा प्रवासमा रहेर पनि दाजुभाइ चेलीबेटी बीचको सम्बन्ध र सद्भाव साटासाट गर्ने मात्र नभई आफ्नो संस्कार […]