छाउगोठमा पार्वतीको मृत्यु

डोटी । महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा […]

महेन्द्रनगर नगरविकासको ६ बिगाह जमिन माफियाको कब्जामा

कञ्चनपुर । महेन्द्रनगर नगरविकास समितिको जमिनमा भुमाफियाको रवैया चलेको खुलेको छ । नगरविकासको करिब ६ बिगाह जमिनमा माफियाको मनपरीले कौडीको भाउमा भाडामा लगाइएको पाइएको हो । २०५१र०५२ सालतिर भाडामा दिइएको जग्गामा हालसम्म अर्बौ राजश्व उठ्नुपर्र्ने थियो तर, माफियाको एकतन्त्रे हैकमले नगरविकासको सुन फल्ने जग्गा अलपत्र छ । कति राजश्व उठेको छ, भाडामा दिइएको दर अहिलेको […]

वाक्लो हिमपात पछि अवरुद्ध सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात अझै खुलेन

धनगढी/ वाक्लो हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात अवरुद्ध हुँदा याुत्रको विचल्लि भएको छ । हिजो वेलुकीवाट राजमार्गमा फसेका हजारौं यात्रु हिउँ नपन्छ्याइदा अलपत्र परेका छन् । हिमपातका कारण भिमदत्त राजमार्ग र दशरथ चन्दराजमार्ग अबरुद्ध भएका छन् । भिमदत्त् राजमार्गको साहुखर्क, हगुल्टे लेक र दशरथ चन्द राजमार्गको अनारखोली, भालुमारेमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो […]