दुर्घटनामा चालकको मृत्यु,१३ घाइते

धादिङ/ लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडाँै ट्रमा सेन्टरमा उपचारका लागि […]

बसको ठक्करबाट एकको मृत्यु

मुग्लिनः चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग ३ ख ३२६९ नंको बसले लु ५ प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

टिपर दुर्घटनामा दुईको मृत्यु

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित […]

युवा पुस्तालाई आकर्षित गर्न ५० हजार सम्म छुट

उदयपुर । युएम बाईकको एक्सचेन्ज अफर हेटौँडामा सुरु भएको छ । २३ गतेदेखि २७ गतेसम्म चल्ने आइएमइ अटोमोटीभ्स अन्र्तगतको युएमबाईक एक्सचेन्ज अफरमा अन्य बाइक ल्याएर पनि एक्सचेन्ज गर्न सकिने र बजार मुल्य भन्दा ५० हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ । रेनिगेट स्पोर्ट ३ सय सिसिमा लागू हुने आइएमइ अटो मोटीभ्सका म्यानेजर धनराज पौडेलले […]

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट/ भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष […]

भोलि सार्वजनिक विदा

काठमाडौं । प्रदेश ३ सरकारले माघ १६ गते अर्थात भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने विदा दिने निर्णय गरेको बताइएको छ । विगतमा माघ १६ गते […]

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

काठमाडौँ/ यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष […]