छात्रालाई साइकल उपहार

रौतहट : रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। गाउँभन्दा टाढा पढ्न जानुपर्दा कक्षा छुट्ने गरेको विषयलाई गम्भीरतापूर्वक लिएर नगरपालिकाले छात्रालाई साइकल दिने अभियान थालेको हो। प्रदेश २ सरकारले पनि ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान नै चलाएकाले छात्रा शिक्षामा नगरपालिकाले पनि विशेष जोड दिएको […]

चट्ययाङ पर्दा घर जलेर नष्ट

बर्दिवास/ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको हो । बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्ययाङ परेकाले मानवीय क्षति भने भएको छैन । दिउँसोतिर पानी थामिएकै बेला […]

यस्तो पनि पुजा, जहाँ आगोमा हिँड्छन् पुजारी

राजविराजः सप्तरीमा बुधबार एउटा अनौठो पूजा भयो । कञ्चनरुप नगरपालिका–८ बेरियरमा मनाइएको राहु पूजामा पूजारी बनेका सुरुङ्गा नगरपालिका–८ मल्हनमाका सन्तोषकुमार पासवान नाङ्गो तरबारमा उभिए, उम्लिरहेको दुधको खिरमा हात गाढे र नाङगो खुट्टाले आगोमाथि हिँडे । सन्तान प्राप्ति, धन आर्जन तथा दीर्घरोग निको हुने विश्वासका साथ अनौठो परम्पराका रुपमा मनाइने राहु पूजामा उनले भेडा नमरुञ्जेल भेडालाई […]

प्रदेश २ का बिद्यालयहरुमा शुक्रबार पनि ४ बजेसम्म पढाउन पर्ने निर्देशन

सिमरा/ प्रदेश नम्बर २ का बिद्यालयहरुले अबदेखी शुक्रबार पनि दिउँसो ४ बजेसम्म विद्यालय संचालन गर्नुपर्ने भएको छ । यसका लागी प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई पत्र समेत काटीसकेको छ । प्रदेशका अधिकांस बिद्यालयहरुमा कक्षा सञ्चालनमा मनपरी हुनेगरेको पाईएपछी निर्देशनालयले प्रदेशका सबै विद्यालयलाई बिहान १० बजदेखीनै कक्षा सञ्चालन गर्न पनी भनेको छ । ‘बिद्यालयहरु […]