घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुरः गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताउनुभयो । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै […]

दुर्गाचन्द्र मेमारियल ट्रष्टद्धारा आँखाको नानी संकलन

झापा/ झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ । मेचीनगर नगरपालिका वडा नं ९ खुट्टिडाँगीका स्व। टिका गौतमको आँखाको नानी संकलन गरिएको बताईएकोे छ । गौतमले यस अघि नै आफ्नो आँखाको नानी दानगर्ने निर्णय गर्दै आँखादानको ईच्छा पत्रमा हस्ताक्षर गर्नु भएको ट्रष्टले जानकारि दिएको छ । दुर्गाचन्द्र […]

पाँचथरमा आज सार्वजनिक बिदा

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख तथा नेपाली साहित्यमा स्थापित व्याक्तित्व अमरकुमार नेम्बाङ निधनको सोकमा पाँचथर जिल्लामा बुधवार सार्वजानीक बिदा दिइने भएको छ । जिल्लाका सबै स्थानीय तहले बिदा दिने निर्णय गरेसंगै जिल्लामा एक दिन सोक बिदा दिन लागिएको हो । फिदिम नगरपालिका सहित जिल्लाका आठ स्थानीय तहले बिदा दिने बताएका छन । फिदिम नगरपालिकाले जारी गरेको […]

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी फागुन मसान्त भित्र टुङ्गो लगाउने

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी फागुन मसान्त भित्र टुङ्गो लगाउने बताएका छन् । सोमबार पथरीमा भएको किरात राई यायोक्खा मोरङको छैठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । हिउँदे अधिवेसनको मुख्य एजेन्डा राजधानी र नामकुरण नै भएको बताउँर्दै माघ २० गते देखि […]

कमलको सोनापुरमा गम्भिर दुर्घटना

झापाको कमल गाँउपालिका मंगलवारे र लखनपुरबीचमा केहिबेर अघि बिभत्स दुर्घटना भएको छ । पल्सर मोटरसाइकलले साइकलयात्रीलाइ ठक्कर दिदा दुइजना गम्भिर घाइते भएकाछन् । मे ७ प ७०२१ नम्बरको पल्सरले साइकललाइ ठक्कर दिदा साइकल यात्रुको खुट्टामा गम्भिर चोट पुगेको छ । पल्सर चालकको अवस्था पनि गम्भिर रहेको बताइन्छ । दुबैजना कमल गाँउपालिकाकै रहेकाछन् । साइकल चालक […]

भोजपुर क्याम्पसमा फ्रि वाइफाइ

भोजपुर। भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गरेका हुन् । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशासनको […]

बाँसबारी मा. वि. मा सरस्वती मन्दिरको उद्घाटन

कमल/ कमल गाउँपालिका वडा नं १ मा रहेको श्री बाँसबारी माध्यामिक विद्यालय. मा कमल गा. पा. २ निवासी शिक्षाप्रेमी तथा समाजसेवी श्री खड्ग बहादुर ढुङ्गानाले आफ्ना ५ छोराहरू बिदुर, राजन, कैलाश, शम्भु र प्रभु र ४ छोरीहरूले अध्ययन गर्नुभएको विद्यालयमा निर्माण गरिदिनुभएको सरस्वती मन्दिरको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष श्री मेनुका काफ्लेले गर्नुभएको थियो । वि.व्य.स. […]

मिस्ट कलेज दमकको आफ्नो दशौं स्थापना दिवसको तयारी पुरा

दमक/ मानसरोवर इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी दमकको आफनो दशौं स्थापना दिवसको तयारी पुरा भएको छ । मानसरोवर (मिस्ट कलेज )ले पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी स्थापना दिवस कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । माघ २७ गते सरस्वती पुजाको दिन हुने कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिदै सोही दिन बिद्यार्थीले नृत्य, […]

मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ को मृत्यु

धनकुटाको चौविसे गाउँपालिका-८ मासिङटारमा बिहीवार मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अपरान्ह ४ बजेको समयमा भित्री सडक खण्डमा को १५ प ३७६४ नम्बरको मोटरसाईकल सिक्ने क्रममा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेर दुर्घटना हुँदा सोही स्थान बस्ने बर्ष २४ को मिलन कार्की घाइते भएका थिए । दुर्घटनामा परि गम्भीर […]

प्रअको कुटपिटबाट विद्यार्थी घाइते

पाँचथर फिदिम नगरपालिका–१, मा रहेको फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । प्रधानाध्यापकको कुटपिटबाट विद्यालयको कक्षा–९ मा अध्ययनरत मिक्लाजुङ–४, रविका १५ बर्षीय रोहित राई घाइते भएका हुन् । प्रधानाध्यापक खत्रीले रोहितलाई बिहीबार कुटपिट गरेको आफन्तले जनाएका छन् । रोहितको कक्षाका साथी किर्ति लिम्बूका अनुसार कक्षाको एउटा बेञ्चमा […]