झापा/ झापाको मेचीनगरमा रहेको दुर्गाचन्द्र मेमोरियल ट्रष्टले आज थप एक ब्यक्तिको आँखाको नानी संकलन गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं ९ खुट्टिडाँगीका स्व। टिका गौतमको आँखाको नानी संकलन गरिएको बताईएकोे छ । गौतमले यस अघि नै आफ्नो आँखाको नानी दानगर्ने निर्णय गर्दै आँखादानको ईच्छा पत्रमा हस्ताक्षर गर्नु भएको ट्रष्टले जानकारि दिएको छ ।

दुर्गाचन्द्र मेमोरियल ट्रष्टका आँखाका प्राबिधिक योगेश खत्रि र सहायक कमल निरौलाले उक्त आँखाको कर्निया अर्थात झिल्ली संकलन गर्नुभएको हो । मेची नेत्रालय आँखा अस्पताल काकरभिट्टाको प्राविधिक सहयोगमा दुर्गाचन्द्र मेमोरियल ट्रष्टले पुर्वमै सबैभन्दा बढि आँखाको नानी संकलन गर्दै आएको छ । ट्रष्टले यस अघि बिभिन्न ८ जना ब्यक्तिहरुको आखाको नानी संकलन गरि नेपाल आँखा बैंकलाई बुझाई सकेको मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाका मेडिकल डाईरेक्टर समेत रहिनु भएका दुर्गाचन्द्र मेमोरियल ट्रष्टका अध्यक्ष डा.शरदचन्द प्रकाश राईले जानकारि दिनुभयोे । -रेडियो साथीबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *