पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख तथा नेपाली साहित्यमा स्थापित व्याक्तित्व अमरकुमार नेम्बाङ निधनको सोकमा पाँचथर जिल्लामा बुधवार सार्वजानीक बिदा दिइने भएको छ । जिल्लाका सबै स्थानीय तहले बिदा दिने निर्णय गरेसंगै जिल्लामा एक दिन सोक बिदा दिन लागिएको हो ।

फिदिम नगरपालिका सहित जिल्लाका आठ स्थानीय तहले बिदा दिने बताएका छन । फिदिम नगरपालिकाले जारी गरेको सुचनामा माघ २९ मा भएको निर्णय अनुसार फागुन १ गते सार्वजानीक बिदा दिन लागिएको हो । फिदिम नगरपालिकाले सार्वजानीक बिदा दिने बताए पनि अन्य केही गाउँपालिकाले भने आंसिक बिदा दिने बताएका छन ।

अन्त्यष्टी सहितका कार्यक्रममा सहभागीताका लागि सहज हुने देखेर बुधवारलाई बिदा गर्ने निर्णय गरिएको हिलिहाङ गाउँपालिका प्रबक्त मदन गौतमले जानकारी दिए । याङवरक गाउँपालिकामा पनि बिदा दिइने भएको छ ।

उता फालेलुङ गाउँपालिकाले भने स्वास्थ्य र शिक्षा बाहेकका क्षेत्रमा मात्रै बिदा दिने निर्णय गरेको छ । वडा कार्यालय र गाउँपाकिला कार्यालय मात्रै बिदा गर्ने सुचना जारी गरिएको प्रमुख प्रसासकीय अधिकृत मौसम ढुँगेलले जानकारी दिए ।

उता तुम्वेवा गाउँपालिकामा पनि शिक्षा र स्वास्थय बाहेकका क्षेत्रमा बिदा दिने निर्णय गरेको छ । उता कुम्मायक गाउँपालिकाले भने आइतबार नै बुधवारका लागि वडा कार्यालय र गाउँपाकिला कार्यालय बिदा गर्ने निर्णय गरिसकेको छ । फाल्गुनन्द गाउँपालिकाले भने सार्वजानिक बिदा दिने भएको छ । जिल्लाका अरु गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेका छन ।

मन्तब्य राखेर मञ्चमा फर्कने क्रममा गत शनिवार बेहोस भएका अध्यक्ष नेम्बाङको इलाम जिल्ला अस्पतालमा निधन भएको थियो । उहाँको पार्थिक शरिर बुधवार बिहान नेपाली काग्रेस पार्टी कार्यालय फिदिम ल्याइदैछ । अन्तिम श्रद्धाञ्जलीका लागि फाल्गुनन्द गाउँपालिकामा राखिएको शव बुधवार बिहान ७ बजे फिदिम ल्याउने तयारी रहेको नेपाली काग्रेस पाँचथरले जानकारी दिएको छ । फिदिमबाट हिँडाएपछि उनलाई फाल्गुनन्द पुर्याएर अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको छ ।

-फिदिम टुडेबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *