झापाको कमल गाँउपालिका मंगलवारे र लखनपुरबीचमा केहिबेर अघि बिभत्स दुर्घटना भएको छ ।

पल्सर मोटरसाइकलले साइकलयात्रीलाइ ठक्कर दिदा दुइजना गम्भिर घाइते भएकाछन् ।

मे ७ प ७०२१ नम्बरको पल्सरले साइकललाइ ठक्कर दिदा साइकल यात्रुको खुट्टामा गम्भिर चोट पुगेको छ । पल्सर चालकको अवस्था पनि गम्भिर रहेको बताइन्छ ।

दुबैजना कमल गाँउपालिकाकै रहेकाछन् । साइकल चालक कमल ५ का नबिन बिक रहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले बताए । अर्का घाइते कमल ७ का रोशन श्रेष्ठ रहेको बताइन्छ ।

पाडाजुंगी गौरीगन्ज सडकको सोनापुरमा भएको दुर्घटनामा घाइतेहरुको उद्धार घटना भएको २५ मिनेटपछि मात्र उद्धार भएको थियो । प्रहरी र एम्बुलेन्स समयमा नआउदा उद्धार ढिला भएको स्थानीयको भनाइ छ । -सवाल नेपालबाट साभार गरिएको

Leave a comment

Your email address will not be published. Required fields are marked *