सन्तोस गौतम/युबराज दाहाल
टॉडि/माघ २५

मोरङको मिक्लाजुङ गाउँपालिकामा भएको प्रथम मिक्लाजुङ वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ७ ले उचालेको छ । वडा नं. ३ मा को शहिदपार्क खेलनैदानमा आज भएको फाईनल खेलमा वडा नं. ५ लाई २–० को अन्तरले हराउँदौ वडा नं. ७ ले उपाधीमाथी कब्जा जमाएको हो ।

खेलको पहिलो हाफको १३ औं मिनेटनमा वडा नं. ७ का टिम क्याप्टेन सुरेन्द्र थापाको आकर्षक प्रहारले जाली चुम्यो । पहिलो गोल लागे संगै निक्कै आक्रामक बनेको वडा नं. ५ ले केही अवसर हरु पाए पनि बलले जाली चुम्न सकेन । दोस्रो हाफको २३ औं मिनेटमा पुन वडा नं. ७ कै टिम क्याप्टेन सुरेन्द्र थापाले थप एक गोल गदै टिमलाई २–० को अन्तरले अग्रता दिलाए । वडा नं. ५ ले दोस्रो हाफमा पनि केही राम्रा अवसर पाए पनी गोल हुन सकेन । खेलमा म्यान अफ द म्याच वडा नं. ७ का गोलकिपर युवराज तामाङ घोषित भए । खेलमा सर्वाधीक गोल कर्ता वडा नं. ७ का सुरेन्द्र थापा, प्रतियोगिता अवधीभर उत्कृष्ठ खेलाडी सागर राई , उत्कृष्ठ गोल किपर वडा नं. ५ का डम्बर लिम्बु, साथै उदयिमान खेलाडी शुशिल राई घोषित भए । 


प्रतियोगीतामा प्रथम हुनेलाई कार्यक्रमका प्रमुख अतिथी तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य र कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष सरला राईले नगद ५१ हजार द्धितियहुनेले ३० हाजार , ट्रफी मेडल र प्रमाणपत्र बितरण साथै खेलाडीहरुलाई अविर लगाई सम्मान गरेका थिए । प्रतियोगितामा मिक्लाजुङ गाउँपालिकाका ९ वटा वडाका ९ टिमको सहभागिता रहेको थियो ।

Image may contain: 4 people, people standing, outdoor and nature

Leave a comment

Your email address will not be published. Required fields are marked *