दमक । झापाको दमकमा रहेको मोडल क्याम्पसमा स्थापना गरिएको मोडल क्याम्पस साहित्यिक मञ्चले “हाम्रो अभियान अग्रजलाइ सम्मान नवप्रतिभालाइ प्रोत्साहन” भन्ने मुल नाराको कदर गर्दै मोडल क्याम्पसमा अध्ययनरत साहित्यप्रेमि विद्यार्थीहरुको लागि थप साहित्यबिधालार्र्इ उजागर गराउने लक्ष्य लिएर माघ २५ गते शुक्रबार साहित्य प्रशिक्षण तालिम गराउने भएको छ ।

कवि बिन्दु दाहाल (मुखदर्शक) तथा गजलकार घनश्याम पथिक बाट साहित्य प्रशिक्षण तालिम गराइने भएको छ । यस कार्यक्रमले गर्दा नवप्रतिभा भएका विद्यार्थी तथा लेख्दै गर्दै आएका विद्यार्थीलाई समेत सहयोग हुने हुदाँ यस तालिमको आयोजना गर्न लागिएको यस संस्थाका अध्यक्ष जितेन साङ्पाङले बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *