पाँचथर । ३५ वर्ष पहिला राम बहादुर गजमेर लक्का जवान थिए । जब उमेरले ३५ पुगे बुबा काम गर्न नसक्ने भए । बुबा काम गर्न नसक्ने भए पछि उनले बुबाले गर्दै आएको पेसा आरन पेसालाई निरन्तरता दिन थाले । जुन पेसा उनको पुख्यैली पेसा थियो । तर अहिले समय फेरीएको छ । उनी सकि नसकि आरन चलाउदै आएका छन् । तर उनका छोराहरु आरन चलाउदै जान्दैन्न । छोराहरु अहिले पैसा कमाउन बिदेश तर्फ लागेका छन् ।

पुख्यैली पेसा प्रति युवाहरु आर्कषित छैनन् । घरमै बसेर पैसा कमाउन सकिने भए पनि युवाहरुमा आर्कषण हुन सकेको छैन् । परम्परा देखि दलित समुदाय अन्र्तगत विश्वकर्मा जातीले गर्दै आएको आरन पेसा लोप हुने खतरामापुगेको छ । यो पेसा पुस्ता हस्तातरणको अभावमा बिस्तारै हराउदै जादै छ । नँया युवाहरुयो पेसा प्रति आर्कर्षित हुन नसक्दा र पुराना पुस्ताहरुले युवाहरुलाइ यो पेसा आर्कर्षित गर्न नसक्दा आरन पेशा लोपउन्मुख अवस्थामा रहेको छ । आरनहरु लोपहुदै जाँदा गाँउगाँउ माफलामका हतियारहरु अर्जापने र नँया हतियार बनाउने मान्छेहरुको अभाव हुनथालेको हो ।

नँयायुवाहरु पुरानो पेशाभन्दाअरुनै व्यवसायगर्ने कि बिदेश जाने प्रबृति हाबि हुँदा परम्परागत पेशाहरु लोप हुने अवस्थामा पुग्नथालेका छन् । दलित समुदायका युवाहरु आरन पेसा भन्दा अरुनै पेसामा आर्कषित हुन्थाले पछि यो पेशा हराउने खतारा बढेको हो । सम्दायले हेर्न दृष्टिकोण र पेशाको सम्मान नहुँदा युवाहरुमा परम्परागत पेशा प्रति आर्कषण घट्दो छ ।

समाजले यो पेशालाइ सम्मानगर्न नसक्दा युवाहरु यो पेशामाआउन नै मान्दैन्न मिक्लाजुङ गाँउपालीका वडा नं।२ मा आरन पेशागर्दै आउनु भएका रामबहादुर गजमेरले बताए । ‘ अहिलेकायुवाहरु अरु व्यवसाय नै गर्न इच्छा गर्छन पुर्खा देखि गर्दै आएको यो पेशा हराउदै जाँदादुख लाग्छ । ’ गजमेरले भने । गजमेर जस्तै मिक्लाजुङ ३ का बिरमान रसाइलीपनि यो पेशा हराउदै गएको मादुखलागेको बताउछ । अहिलेकायुवाहरु बिदेश गएर रुपैँया कमाउन मन गर्छन तर यो पेशामाआउन त के कुरा गर्न सम्मनमान्न गरेको रसाइलीले बताए ।

युवाहरुमा परम्परागत पेशातर्फ आर्कर्षित गर्न राज्यले पहलगर्नु पर्ने रामबहादुर गजमेर बताउछन । हाम्रायुवाहरु पैसाकमाउन बिदेश जान्छन तर यि पुराना पेशाहरु बाट घरमा नै बसि बसि पैसा कमाउन सकिने गजमेरको तर्क छ । फिदिम टुडेबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *