काठमाडौँ – आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।
श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको छ । उहाँका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।
सोमवारिदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् । शनिवार काठमाडौँबाट धनगढीका लागि दिउँसो
३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो विमान पुनः काठमाडौँ नै फिर्ता गरी अवतरण गराइएको थियो ।
सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।