मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रियसभा बैठक, विनियोजन विधेयक प्रस्तुत हुने
समाचार

राष्ट्रियसभा बैठक, विनियोजन विधेयक प्रस्तुत हुने

  • pranil शुक्रबार, असार १५, २०८० | June 30, 2023

काठमाडौँ  – राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो २ः३० बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा.प्रकाश शरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सुची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले

गर्ने कार्यसूचीमा उल्लेख छ ।

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय