मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बर्खायाममा झाडापखाला र हैजाबाट बचाउन आग्रह
समाचार

बर्खायाममा झाडापखाला र हैजाबाट बचाउन आग्रह

  • pranil शनिबार, असार २, २०८० | June 17, 2023

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो ।

मन्त्रालयले सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेरमात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी तथा सडेगलेका खानेकुरा नखान, काँचो खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ ।

यसैगरी, खानालाई छोपेर राख्न र खुला रुपमा

दिसापिसाव नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुनसमेत आग्रह गरिएको छ । मन्त्रालयले बालबालिकालाई हैजा तथा झाडाझाडापखाला लागेमा घरमा नै उपचार गर्नसमेत आग्रह गरेको छ ।

पखला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटक पटक खुवाउन आग्रह गरिएको छ । बालबालिकालाई प्रशस्त मात्रामा सफा तथा झोल खानेकुरा खुवाउन, नरम तथा पच्ने खानेकुरा खुवाउन, जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउन र सरसफाइमा ध्यान दिन अभिभावकलाई आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय