सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर
समाचार

अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर

  • pranil शुक्रबार, जेष्ठ ५, २०८० | May 19, 2023

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले वडा नं १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना डोजर चलाएर हटाएको छ । डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको संरचना हटाएको हो ।

अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाइएको छ भने पोखरीको पूर्वपट्टि रहेको सडकमा निर्माण गरिएका चारवटा घरको पर्खालसमेत भत्काइएको छ । सडक अतिक्रमण गरी बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माणकार्य अघि बढाइने वडा नं १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले बताउनुभयो ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा

खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ । अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुग्नुभएको थियो ।

महानगर प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय