सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आजको मौसम: तीन प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
समाचार

आजको मौसम: तीन प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

  • pranil बिहिबार, जेष्ठ ४, २०८० | May 18, 2023

काठमाडौं, ४ जेठ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती

भने कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय