शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै
समाचार

आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

  • pranil बुधबार, जेष्ठ ३, २०८० | May 17, 2023

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा भोलि जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा ९एमाले०का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा

परी निधन भएको थियो ।

यसैबीच पार्टीले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी सङ्गठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । पार्टीले बुधबार देशभर दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गर्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय