आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महानगरको पेट्रोलपम्प अनुगमनः कस्तो पेट्रोल वितरण हुन्छ पोखराका पम्पहरुबाट ?
समाचार

महानगरको पेट्रोलपम्प अनुगमनः कस्तो पेट्रोल वितरण हुन्छ पोखराका पम्पहरुबाट ?

  • pranil बुधबार, जेष्ठ ३, २०८० | May 17, 2023

कास्की-पोखरा महानगरपालिकाले पेट्रोल पम्प अनुगमन गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखरा महानगरभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको हो । अनुगमन टोलीले हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल स्टोर्स, मालेपाटनको सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक तथा पोखरा महानगरपालिकाकी उमप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल

गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नवीकरण भए नभएको अनुगमन गरिएको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयो । “अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला परेन”, पौडेलले भन्नुभयो । उहाँका अनुसार केही पेट्रोल पम्प महानगरमा विना दर्ता सञ्चालन भएको पाइएको छ । उनीहरुलाई महानगरमा दर्ता गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय