आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेसका पूर्वसांसद शेर्पाले पनि प्रहरीसमक्ष गरे आत्मसमर्पण
समाचार

कांग्रेसका पूर्वसांसद शेर्पाले पनि प्रहरीसमक्ष गरे आत्मसमर्पण

  • pranil सोमवार, जेष्ठ १, २०८० | May 15, 2023

काठमाडौं, १ जेठ-नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन् ।

पक्राउ पुर्जी जारी हुनुअघि देखिनै फरार रहेका शेर्पाले आज प्रहरीसमक्ष आफैंले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो । शेर्पा २०७० सालमा रामेछापबाट संविधान सभा सदस्य बनेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय