सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आर्थिक समस्या समाधान गर्ने गरी बजेट तर्जुमा गर्न सुझाव
समाचार

आर्थिक समस्या समाधान गर्ने गरी बजेट तर्जुमा गर्न सुझाव

  • pranil मङ्लबार, बैशाख २६, २०८० | May 9, 2023

लगिनुपर्ने उहाँको भनाइ थियो । सांसद रामनाथ अधिकारीले आम्दानी र खर्चमा तालमेल नमिलेकाले अहिले देशमा आर्थिक समस्या देखिन थालेको बताउनुभयो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म १३ प्रतिशतले कम राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

सांसद भीमप्रसाद आचार्यले डिजिटल प्रविधिमा गए भ्रष्टाचार कम हुने बताउनुहुँदै तीन महिनामा सबै विषयलाई डिजिट्लाइज्ड गर्ने गरी नीति तथा कार्यक्रम बजेट बनाइनुपर्ने भनाइ राख्नुभयो । रोजगार प्रवद्र्धन, पर्यटन, उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरणलगायत माध्यमबाट देशको आर्थिक अवस्था सुधार गर्न सकिने उहाँको भनाइ

थियो ।

सांसद नारायणी शर्माले राष्ट्रिय पुँजी निर्माण गर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाइनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा बढी लगानी गरी बालबालिकाले आत्महत्या नगर्ने वातावरण निर्माण गर्न पनि उहाँले माग गर्नुभएको थियो ।

सांसद सोविता गौतमले राम्रा प्राध्यापक भए पनि नेपालका विश्वविद्यालयमा राम्रो अध्यापन नहुने गरेकाले धेरै विद्यार्थी विदेशिएकाले कसरी नेपालमै राख्ने भनी आगामी अर्थ नीति निर्माण हुनुपर्ने बताउनुभयो । उद्यमशीलता र लगानीलाई जोड्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने उहाँको भनाइ थियो । दिगो विकास लक्ष्यका छलफल पाँच तारे होटलमा हुने र यस विषयमा स्थानीय तहलाई थाहा नहुने अवस्थाको अन्त्य गरिनुपर्ने सांसद गौतमको विचार थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय