सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ
समाचार

भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ

  • pranil सोमवार, बैशाख २५, २०८० | May 8, 2023

जलेश्वर / भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मनरासिश्वा–१० स्थित नेपाल–भारत सीमा नजिकै भारतीय नम्बरका चार मोटरसाइकलको पछाडि ११ कार्टुन मदिरा बाँधेर नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही क्रममा दुई जना प्रहरीलाई देखेर मोटरसाइकल र मदिरा छाडेर भाग्न सफल भएका थिए । बीआर ०३ के ५४३३,

बीआर ३०भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ नम्बरका मोटरसाइकल र मदिरासहित नियन्त्रणमा लिइएको हो । बरामद मोटरसाइकल र मदिरा रु तीन लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

  • पक्राउ परेका व्यक्तिसहित मोटरसाइकल र मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय