सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • “यो वर्ष निजी क्षेत्रलाई उत्साहित गर्ने र लगानीलाई अधिकतम प्रयोग गर्ने दिशा दिने खालको बजेट आवश्यक छ ” : ज्ञानेन्द्रबहादुर कार्की
समाचार

“यो वर्ष निजी क्षेत्रलाई उत्साहित गर्ने र लगानीलाई अधिकतम प्रयोग गर्ने दिशा दिने खालको बजेट आवश्यक छ ” : ज्ञानेन्द्रबहादुर कार्की

  • pranil सोमवार, बैशाख २५, २०८० | May 8, 2023

काठमाडौं – पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षका लागि बजेट बनाउँदा निजी क्षेत्रलाई उत्साहित हुने गरी बनाउनु पर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै निजी क्षेत्रलाई खुसी पार्ने गरी बजेट बनाउने बताएका हुन् ।

“निजी क्षेत्रको बेरोजगारी घटाउन र रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका छ । तर, आज निजी क्षेत्र निराश अवस्थामा छ । निजी क्षेत्र आज हात बाँधेर बस्ने अवस्थामा छ । निजी क्षेत्रलाई रक्तसञ्चार गर्ने सकिएन भने अर्थतन्त्र

गतिशील हुन सक्दैन,” उनले भने, “यो वर्ष निजी क्षेत्रलाई उत्साहित गर्ने र लगानीलाई अधिकतम प्रयोग गर्ने दिशा दिने खालको बजेट आवश्यक छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय