आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ‘निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्छ’
समाचार

‘निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्छ’

  • pranil सोमवार, बैशाख २५, २०८० | May 8, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले यस्ता जघन्य आपराधिक कार्य क्षम्य नहुने बताउँदै राजनीतिक शक्ति केन्द्रका आडमा भएका नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने र आरोपी उम्कन सक्ने खतरा रहेको शंका गर्नुभयो ।

प्रहरीले गरिरहेको अनुसन्धान कुनै पनि बहानामा रोक्न नहुने बताउँदै अध्यक्ष लिङ्देनले मुलुकमा भइरहेका संस्थागत भ्रष्टाचार अन्त्य नगरी सुशासन

कायम हुन नसक्ने र देश समृद्ध हुन नसक्ने बताउनुभयो । दुई दिनसम्म काठमाडौँमा चल्ने अधिवेशनमा पार्टीका पदाधिकारी तथा शीर्ष नेतृत्वले शुभकामना दिनुभएको थियो ।

देशभरबाट करिब एक हजार एक सय प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक र महिलाका मुद्दा विषयक प्रतिवेदन र विधान मस्यौंदा समितिले प्रस्तुत गरेको विधानमा सहभागीबाट छलफल तथा संशोधनसहित पारित गरेपछि नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ ।

यही वैशाख २५ गते नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका छ । पार्टीले अवलम्बन गरेको हिन्दू राष्ट्रलगायत मुद्दामा साङ्गठनिक गतिविधि गर्दै आएको उक्त सङ्गठनले समसामयिक राजनीतिक विषयवस्तुमा छलफलका साथै महिला हक, हित अधिकारका लागि कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अन्जना रावलले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय