सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ ।
राजनीतिक परिवर्तनमा पनि प्रेसको ठूलो भूमिका रहेको छ । तर राजनीतिक पार्टी र तिनका नेताहरू प्रेसप्रति अनुदार छन् भनिन्छ नि ?
प्रेस स्वतन्त्रता भन्नेबित्तिकै अन्य स्वतन्त्रता पनि जोडिने भइहाले । हामी धेरै लामो उतारचढावयुक्त राजनीतिबाट अगाडि बढ्यौँ । राजनीति र प्रेस सँगसँगै जोडिएर आएको छ । राजनीतिकरूपमा भएका आन्दोलनले ल्याएका उपलब्धि यदि प्रेस हुँदैनथ्यो भने त्यसबारे जनता कसरी सुसूचित हुन्थे र ? त्यो सम्भव पनि थिएन । हामीसँग भएको संवैधानिक र कानुनी व्यवस्थाका सन्दर्भमा
हामीले तिनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्वपूर्ण छ । सबैले आ–आफ्नो मर्यादामा बसेर तथा सरकार पनि जनपक्षीय भएर काम गर्नुपर्छ । प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा यस वषर््ाको नारा महत्वपूर्ण छ र यो कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । आ–आफ्ना अधिकार र कर्तव्य कसैले पनि भुल्नु हुँदैन । प्रेस स्वतन्त्रताको बारेमा विभिन्न समयमा उठेका विषयमा सरकारको ध्यान गएको छ । स्वतन्त्रता भनेको स्वच्छन्दता पनि होइन, स्वतन्त्रताको परिपालना सबैले गरौँ ।