सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण
समाचार

कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण

  • pranil बुधबार, बैशाख २०, २०८० | May 3, 2023

जनाएको छ । आधारभूत आवश्यकता खानेपानीकै हाहाकार छ । कारागारमा कैदी,बन्दीको सुरक्षा र खाने, बस्ने व्यवस्थापन गर्नकै लागि अप्ठ्यारो भएको कारागार जेलर कोइरालाले बताउनुभयो ।

एक थुनुवाका अनुसार कारागारमा खानेपानीको सधैँ समस्या छ । कारागारमा पानी त आउँछ तर अपुग हुन्छ । खानेपानीमात्रै होइन, उनीहरु सुत्नसमेत राम्रोसँग पाउँदैनन् । प्लास्टिक म्याट बिछ्याएर भुइँमै सुत्नुपर्ने बाध्यता छ । वर्षा लागिसक्यो बर्सातमा पानी चुहिने डर छ, जस्तापात पुराना भइसके, एक थुनुवाको गुनासो छ ।

प्राथमिक उपचार कारागारभित्रै हुनुपर्ने कानुनमा व्यवस्था छ तर,

स्रोत र साधनको कमीले सामान्य समस्याको उपचार गर्न पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा शौचालयसमेत अव्यवस्थित हुन पुगेको छ ।

कारागारको प्रशासनिक भवन छैन । जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र तिनमा कार्यरत कर्मचारी छरिएर रहनुपर्ने स्थिति छ । कारागारजस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन् । बाहिरी पर्खालको उचाइ कम हुँदा सुरक्षा चुनौती छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३२ जना प्रहरी कार्यरत रहेका छन् ।

कैदीबन्दीको स्वास्थ्य उपचारका लागि विभागले पनि कम बजेट छुट्याउने गरेको गुनासो जेलर कोइरालाले छ । कैदीबन्दीले मुढा, झोला, भाङ्ग्रालगायत सामग्री बुन्ने गरेका छन् । त्यस्ता सामग्रीको बिक्रीकक्ष पनि राखिएको छ । पछिल्लो समय जेललाई सुधारगृहका रुपमा विकास गर्न पहल भए पनि प्रगति हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय