आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चर्का कुरा गरेरमात्रै कुनै पनि देशको परराष्ट्र नीति हुन सक्दैन : मन्त्री साउद
समाचार

चर्का कुरा गरेरमात्रै कुनै पनि देशको परराष्ट्र नीति हुन सक्दैन : मन्त्री साउद

  • pranil आइतवार, बैशाख १७, २०८० | April 30, 2023

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताउनुभएको छ ।परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आउनुभएका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भन्नुभयो, “कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारकत्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधाररित पनि भएको हुन्छ ।” पुर्खाहरूले दुई–अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू–भागमा मुलुकलाई स्वतन्त्र बनाएर राखेको स्मरण गर्दै उहाँले परराष्ट्र नीतिको आधार पूर्वजहरूले इतिहासमा दिएर गएको बताउनुभयो ।

“पूर्वजको आधारशिलालाई टेकेर नै हामी अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामी छिमेकी र

पश्चिमा मुलुकहरूसितको सम्बन्धहरूलाई महत्व दिएर निरन्तरता दिन चाहन्छौँ ।” उहाँले सबै देशसित राम्रो सम्बन्ध राखेर मुलुक अगाडि बढाउनु अहिलेको चुनौती रहेको बताउनुभयो ।

त्यसैगरी दोधारा चादँनीमा सुक्खा बन्दरगाह, डडेल्धुरा र बैतडीको झुलाघाटमा पक्की पुल बनेपछि अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्दै लगिएको उहाँको भनाइ थियो । “समग्र सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको आर्थिक पर्यटनको विकासका लागि पनि गृहकार्य अघि बढेको छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय