शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
समाचार

विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा

  • pranil शुक्रबार, बैशाख १५, २०८० | April 28, 2023

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

“विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ

भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको जनाउँदै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । उहाँले जनप्रतिनिधि, समाजका अगुवाहरुले पूर्वतयारीका कुराहरु सिक्नुपर्ने बताउनुभयो । “जनप्रतिनिधि, समाजका अगुवाहरुले विपद् पूर्वतयारीका कुराहरुमा जानकारी भएमा विपद् हुँदा उद्धारमा धेरै सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्वतयारी नहुँदा उद्धार फितलो हुन्छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय