काठमाडौँ – नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले उपनिर्वाचनका क्रममा सोसल साइट दुरुपयोगले हद नाघेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लोकतन्त्रमा सबैलाई बोल्ने हक, कसैप्रति आलोचना र समर्थन गर्ने छुट भएपनि त्यसको दुरुपयोग हुन नहुने बताएका हुन् ।
उनले दुरुपयोग रोक्न कानुन खै भन्दै प्रश्न समेत गरेका छन् ।
‘लोकतन्त्र त्यो प्रणाली हो जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ। प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन। उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाग्यो,’ बास्कोटाले
ट्वीटरमा लेखेका छन्, ‘ म जान्दिन तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागनारायण बनाका थिए । कानुन खै ?’
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकताहरू आफ्ना नेताविरुद्ध बोल्नेहरूमाथि बेइज्जेतीपूर्ण तरिकाले सोसल साइटमा जाइलागेपछि बास्कोटाको यस्तो टिप्पणी गरेका हुन्।