शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रविका चालक छतबाट खसेको घटनामा मुकुल ढकालका चालक पक्राउ
समाचार

रविका चालक छतबाट खसेको घटनामा मुकुल ढकालका चालक पक्राउ

  • pranil सोमवार, बैशाख ४, २०८० | April 17, 2023

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट खसेकाे घटनामा अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लामिछानेका चालक दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएको हो।

भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापा राति घरको छतबाट खसेका थिए। थापासँगै सुतेका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयाे।

पुरानो मेडिकल कलेजमा उपचाररत थापाको अवस्था गम्भीर रहेको प्रहरीले

जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय