काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् ।
यो भेटमा संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् । अध्यक्ष ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन् ।
छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा जानुभएको छ ।