काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्।
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले नेपाली काँग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी गरेका छन् । अन्य मन्त्रीहरूको भने टुङ्गो लागेको छैन । नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ः०० बजेका लागि तोकिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथ ग्रहण गराउन लागिएको हो ।
काँग्रेसको भागका अन्य चार
मन्त्रीको शपथ ग्रहण भने उपचुनावपछि हुने बताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ ।