सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा
समाचार

प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा

  • pranil मङ्लबार, चैत्र १४, २०७९ | March 28, 2023

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । डिल्ली बजार कारागारमा जेल चलान भएका तीन जना आज मंगलबार पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।

सोमबार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूलाई पक्राउ गरीएको बिषयमा सडकदेखि

संसदसम्म सरकारको चर्को आलोचना हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय