आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु
समाचार

पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

  • pranil मङ्लबार, चैत्र १४, २०७९ | March 28, 2023

सप्तरी / सप्तरीको एक इँटा भट्टाको पर्खालभत्किँदा भट्टामा काम गर्ने एक भारतीय मजदुरको मृत्युु भएको छ ।

रूपनी गाउपालिका २ स्थित पिपराहीको जेएसआर इँटा उद्योगको मंगलवार पर्खाल भत्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । दुई जना मजदुर गम्भीर घाइते भएका छन् ।

बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको हो ।

पर्खालले चेपिएर गम्भीर घाइते भएका मजदुरको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारको

क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिइका छन् ।

घट्नामा मृतककी २८ वर्षीया पत्नी भुजिन विवी र सोही ठाँउ निवासी २५ वर्षीय जनमालरुलहक घाईते भएका छन । दुबै जनाको अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सिंहको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय