आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
समाचार

लागुऔषधसहित १० जना पक्राउ

  • pranil मङ्लबार, चैत्र १४, २०७९ | March 28, 2023

काठमाडाैं / देशका विभिन्‍न  स्थानबाट १० जना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङकाे रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुककुमार सिंह रहेका छन् । प्रहरी चौकी अमाहिवरियाती र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा रंगेली

नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीर बहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागुऔषध गाँजा करिब ८४ केजी फेला पारी वीर बाहदुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंकाे भजनी नगरपालिका-३ जस बहादुरघाटबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.७ प ३९२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजीसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्राबती नगरपालिका-१ बस्ने १९ वर्षीय नवराज गुरुङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-३ मुडेबास बस्ने २४ वर्षीय ज्ञान बहादुर प्रजालाई अवैध लागुऔषध गाँजा करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय