सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी भन्दै मिटरब्याजी पीडितले लगाए नारा
समाचार

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी भन्दै मिटरब्याजी पीडितले लगाए नारा

  • pranil मङ्लबार, चैत्र १४, २०७९ | March 28, 2023

काठमाडौं – मिटरब्याज पीडितहरुले राप्रपा नेता एवम् सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

मिटरब्याज पीडितहरुकाे न्यायकाे लागि ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्नुभएका शाहीमाथि मिटर ब्याज पीडितहरुले नाराबाजी गरेका हुन् ।

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुग्नुभएकाे

थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय