आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु
समाचार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु

  • pranil सोमवार, चैत्र १३, २०७९ | March 27, 2023

मोरङ, १३ चैत । कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा धनपालथान गाउँपालिका ७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हाे

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उपचारकै क्रममा विराटनगरस्थित कोशी अस्पतालमा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण र्आतवार राती मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय