शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतले गर्यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण
समाचार

भारतले गर्यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

  • pranil सोमवार, चैत्र १३, २०७९ | March 27, 2023

काठमाडौं, १३ चैत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ । बीबीसीका अनुसार आइतवार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

आइतवार बिहान ९ बजेको समयमा आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट  ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो ।
यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय