शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा २० वर्षीय बलजित पक्राउ
समाचार

रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा २० वर्षीय बलजित पक्राउ

  • pranil सोमवार, चैत्र ६, २०७९ | March 20, 2023

वीरगञ्ज, ६ चैत-ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।

चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो ।
लागूऔषध बरामद भएपछि ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ ।

यादलाई लागुऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय