शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • उपराष्ट्रपति यादवलाई भारतीय समकक्षीको बधाई
समाचार

उपराष्ट्रपति यादवलाई भारतीय समकक्षीको बधाई

  • pranil सोमवार, चैत्र ६, २०७९ | March 20, 2023

काठमाडौं / उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।

उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जाल ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख छ ।

यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय