सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य
समाचार

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य

  • pranil सोमवार, चैत्र ६, २०७९ | March 20, 2023

काठमाडौ, ६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री हुनेछ  ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ,

सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४०  रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १०० रुपैया केजी, रुख टमाटर १४० रुपैयाँ, रुख कटहर ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३०० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय