सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका उम्मेदवार विजयी
समाचार

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका उम्मेदवार विजयी

  • pranil आइतवार, चैत्र ५, २०७९ | March 19, 2023

दाङ, ५ चैत दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन् ।

गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन् । यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए ।

सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन् । कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो ।

स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन

दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो ।

सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

अखिल छैठौंकी पुष्पा धितालले ३८ मत पाइन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय