सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
समाचार

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • pranil आइतवार, चैत्र ५, २०७९ | March 19, 2023

दाङ, ५ चैत-दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले

जनाएको छ ।

घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय