बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्ववियु निर्वाचन : शंकरदेव क्याम्पसमा फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ
समाचार

स्ववियु निर्वाचन : शंकरदेव क्याम्पसमा फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ

  • pranil आइतवार, चैत्र ५, २०७९ | March 19, 2023

काठमाडौं –  काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा  फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।

नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको काठमाडौंका प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताउनुभयाे ।

आज देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संघ स्ववियुको मतदान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय