शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन
समाचार

राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन

  • pranil शनिबार, चैत्र ४, २०७९ | March 18, 2023

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ ।

शनिबार वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न जानुभएको हो । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी जानुभएको थियो ।

यसअघि

शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय