काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरूलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानुन तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताएका हुन् ।
उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे । उनले नाफासँगै समाजप्रतिको उत्तरदायी बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताए । सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सबै जानकार रहेकाले
अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।