शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुपेन्देहीमा १८ लाख बराबरको अबैध कपडा बरामद
समाचार

रुपेन्देहीमा १८ लाख बराबरको अबैध कपडा बरामद

  • pranil शनिबार, चैत्र ४, २०७९ | March 18, 2023

बुटवल, ४ चैत  । रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामर गरिएको हो ।

प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरु  बरामद भएका छन

। बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय