शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पाँच किलो नुन ल्याउन अढाई हजार खर्च
समाचार

पाँच किलो नुन ल्याउन अढाई हजार खर्च

  • pranil शनिबार, चैत्र ४, २०७९ | March 18, 2023

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो ।

नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो ।

‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,’ केही दिनअघि मान्ममा भेटिएका उनले भने, ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो ।’ कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय