काठमाडों – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति पौडेललाई भेट गर्न प्रधानमन्त्री दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
उनीहरूबीचको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल ग