सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच फोनवार्ता
समाचार

राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच फोनवार्ता

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

काठमाडौँ । शुक्रवार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मु फोनवार्ता भएको छ ।

सो क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति रामचन्द्र पौडेललाई फोन गरी शुभकामना तथा बधाई दिएकी छन् ।

केरला भ्रमणमा रहेकी मुर्मुरले राष्ट्रपति पौडेललाई फोन गरी बधाई दिँदै नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गरेकी छिन् ।

आपसी द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने बिषयमा कुराकानी भएको जनाईएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा

भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुरले विश्वास व्यक्त गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय