शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना
समाचार

उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

काठमाडौं / नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको निर्वाचनको मतगणना सुरु भएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतगणना सुरु भएको हो । उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र  जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।

शुक्रबार नै मतगणना सकेर निर्वाचित प्रमाणपत्र प्रदान गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति

निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन् ।

उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय